logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मूल्य बढ्यो


अंकुरण खबर
3.315K
Shares

काठमाडौं – नेपाली बजारमा सोमवार फेरी सुनको भाउ बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिनको तुलनामा आज सुन २ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन सुन तोलामा ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी आज तेजाबी सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।

सुनको भाउ बढेको बेला आज चाँदीको भाउमा भने ५ रुपैयाँ घटेको छ आज चाँदी ८ सय ८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी तोलामा ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।