logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सर्पले डस्दा महिलाको मृत्यु


अंकुरण खबर
962
Shares

काठमाडौं – सप्तरीको महदेवा गाउँपालिकाको बलथीमा सर्पले डस्दा आज बिहान एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीया सूर्यमनीदेवी यादव रहेकी छिन् ।

घाँस काट्ने क्रममा यादवलाई सर्पले डसेको हो । उनलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा मृत्यु भएको जनाईएको छ ।