काठमाडौं – साताको दोस्रो दिन सोमबार पनि नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक करिब १० अंकले घटेको छ । आज नेप्से परिसूचक ९.५४ अंकले घटेर ११६८.९१ बिन्दूमा झरेको छ ।
कुल १७३ कम्पनीको १४ लाख २८ हजारभन्दा बढी कित्ता शेयर २९ करोड ५३ लाख रुपैयाँभन्दा बढीमा किनबेच भएको नेप्सेले जनाएको छ ।
सोमबार समग्र परिसूचकमा गिरावट आए पनि आँधीखोला लघुवित्त र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै कमाएका छन् । यी कम्पनीको शेयर मूल्य करिब ५ प्रतिशतले बढेको छ । तर, युनाइटेड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ ।
आज सबैभन्दा बढी सिभिल बैंकको संस्थापक शेयर किनबेच भएको छ । यस कम्पनीको ४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । आज पनि कारोबारमा आएका समूहमध्ये उत्पादन समूहबाहेक सबै समूहको परिसूचकमा गिरावट आएको छ ।