logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पाँच हजार घुस लिने प्रहरी जवान पक्राउ


अंकुरण खबर
1.209K
Shares

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले पाँच हजार घुस लिँदै गरेका पर्सामा कार्यरत प्रहरी जवान गम्भीरा साह तेलीलाई रंगेहात पक्राउ गरेको छ  ।

सोमबार दिउँसो वीरगञ्‍जको माईस्थान चोकको दही पसलमा बसेर सेवाग्राहीसँग नगद पाँच हजार लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका प्रहरी ज़वान तेलीलाई अख्तियार दुरुपयोग अनुसन्‍धान आयोगको कार्यालय हेटौँडा लगी थप अनुसन्‍धान गरिने टोलीले जनाएको छ ।