logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बीपी कोइरालाको १०६ औँ जन्मजयन्ती मनाइँदै


अंकुरण खबर
2.275K
Shares

काठमाडौं – नेपालका पहिलो जननिर्वा्चित प्रधानमन्त्री बीपी कोइरालाको १ सय ६ औँ जन्मजयन्ती आज (मंगलबार) मनाइँदैछ ।

२०१५ सालको आम चुनावमा कांग्रेसले दुई तिहाई बहुमत पाएपछि पहिलो जननिर्वा्चित प्रधानमन्त्री बनेका बीपीले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे । तर उनी नेतृत्वको सरकारले २ वर्ष पनि काम गर्न नपाउँदै राजा महेन्द्रले पञ्चायती ब्यवस्था लागु गरेका थिए ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका बीपी १९७१ साल भदौ २४ गते जन्मेका हुन् । राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका लागि २००३ सालमा बीपीको नेतृत्वमा नेपाली राष्ट्रिय काँग्रेस स्थापना भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान र्पुयाएका छन् ।

नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन साहित्यिक कृति प्रकाशित छन् । उनको मोदी आइन, हिटलर र यहुदी, बाबुआमा र छोरा, सुम्निमालगायतका कृतिहरु चर्चित छन् । बीपी कोइरालाको निधन २०३९ साल साउन ६ गते भएको थियो ।