logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पेट्रोलियम पाइपलाइनको उद्घाटन आज, ओली र मोदीले स्वीच थिचेपछि अमलेखगञ्जमा तेल आइपुग्ने


अंकुरण खबर
1.534K
Shares

काठमाडौं – भारतको मोतिहारीबाट नेपालको अमलेखगञ्जसम्म निर्माण भएको नेपाल भारत पेट्रोलियम पाइपलाइनको आज उदघाटन हुँदैछ ।

पाइपलाइनको नेपालबाट प्रधानमन्त्री केपी ओली र भारतबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यान्ह १२ बजे स्विच थिचेर उदघाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले काठमाडौंको सिंहदरबारबाट र मोदीले नयाँ दिल्लीको हैदराबाद हाउसबाट संयुक्त रुपमा स्विच थिचेपछि पाइपलाइनबाट अमलेखगञ्जमा तेल आउनेछ ।

७० किलोमिटर लामो पाइपलाइनबाट प्रतिघन्टा प्रत्येक दिन ४८ लाख लिटल डिजल अमलेखगञ्ज आउनेछ । पाइपमार्फत तेल आउन थालेपछि डिजलको मूल्य घट्ने आयल निगमले जनाएको छ । पाइपलाइनका भारतले २ अर्ब २५ करोड भारतीय रुपैयाँ खर्च गरेको छ ।

यसअघि नै सो पाइपलाइनको सफल परीक्षण भइसकेको छ । उद्घाटनसँगै विगत डेढ दशकदेखि चर्चामा रहेको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनले पूर्णता पाउने छ । दुवै मुलुकका प्रधानमन्त्रीले रिमोट थिच्नुभन्दा अघि नै मोतिहारीस्थित इन्डियन आयल कर्पोरेसनको डिपोले तेल छोडिसकेको हुने छ ।

परीक्षणका क्रममा पाइपलाइनमा तेल भरिएको हुनाले मोतिहारीबाट छोड्नेबित्तिकै अमलेखगन्जमा तेल आइपुग्ने छ । पाइपलाइनमार्फत प्रतिघण्टा दुई सय किलोलिटर इन्धन अमलेखगन्जको डिपोमा खसाल्न सकिने छ ।