काठमाडौं – नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा नेपाल–भारत पेट्रोलियम पाइपलाइनको उदघाटन गरेका छन् ।
उदघाटन कार्यक्रमका लागि दुवै देशका प्रधानमन्त्री भिडियो कन्फ्रेन्समा जोडिएका छन् । ओलीले सिंहदरबार र मोदीले दिल्लीबाट स्विच थिचेर पाइपलाइनको उदघाटन गरेका हुन् ।
पेट्रोलियम पाइपलाइनको उदघाटनपछि बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पाइप लाइन सञ्चालनमा आउनु नेपालको विकासका लागि महत्वपूर्ण उपलब्धि भएको बताएका छन् ।