logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

स्विच थिचेर ओली र मोदीले गरे मोतिहारी–अमलेखगञ्ज पाइपलाइनको उद्घाटन


अंकुरण खबर
2.314K
Shares

काठमाडौं – नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा नेपाल–भारत पेट्रोलियम पाइपलाइनको उदघाटन गरेका छन् ।

उदघाटन कार्यक्रमका लागि दुवै देशका प्रधानमन्त्री भिडियो कन्फ्रेन्समा जोडिएका छन् । ओलीले सिंहदरबार र मोदीले दिल्लीबाट स्विच थिचेर पाइपलाइनको उदघाटन गरेका हुन् ।

पेट्रोलियम पाइपलाइनको उदघाटनपछि बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पाइप लाइन सञ्चालनमा आउनु नेपालको विकासका लागि महत्वपूर्ण उपलब्धि भएको बताएका छन् ।