logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ताजिकिस्तानलाई १-० गोलले हराउदै नेपाल नादेझ्दा कप फुटबलको फाइनलमा प्रवेश


अंकुरण खबर
1.391K
Shares

काठमाडौं – नेपाल किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको अन्तिम खेलमा ताजिकिस्तानलाई १–० ले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो ।

काराकोलस्थित सेन्ट्रल स्टेडियममा नेपाललाई जित दिलाउन सावित्रा भण्डारीले निर्णायक गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा सावित्राले निर्णायक गोल गरेकी हुन् । सावित्राले खेलको ८५ औं मिनेटमा गोल गरेकी हुन् । गिता रानाले प्रहार गरेको फ्रिकिकमा सावित्राले हेड गोल गरेकी थिइन् ।

प्रतियोगितामा सावित्राको यो पाँचौं गोल हो । जितसँगै नेपालले ३ खेलमा ६ अंक जोडेको छ । र, नेपाल शीर्ष दुईमा रहदै फाइनल पुगेको छ । अब नेपालले फाइनलमा उज्वेकिस्तानसँग खेल्नेछ । उज्वेकिस्तान यसअघि नै फाइनल पुगिसकेको छ ।