logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वहादुरगञ्जमा महिलाको शव फेला, हत्या भएको हुनसक्ने आशंका


अंकुरण खबर
1.144K
Shares

काठमाडौं – कपिलवस्तुको वहादुरगञ्जमा एक महिलाको शंकास्पद अवस्थामा शव फेला परेको छ । उनको हत्या भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

कृष्णनगर नगरपालिका ८ वहादुरगञ्ज बस्ने २८ वर्षिया संगीता कलवार मंगलबार बिहान साढे तीन बजे शौच गर्न घर बाहिर निस्किएको परिवारले जनाएको छ । उनको शव घर नजिकैको झाडीमा फेला परेको थियो ।

शवको पोष्टमार्टमका लागि शिवराज अस्पतालमा राखिएको छ । उनको घाँटीमा निलडाम देखिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाईएको छ ।