नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाभित्र भ्रष्टाचार छानबिन हुँदैन त्यसैले अनियमितता हुन्छ भन्ने आरोपलाई आफुले गम्भीर रुपमा लिएको बताएका छन् ।
मंगलबार आफ्नो १ वर्षे कार्यकालमा सम्बोधन गर्दै प्रधानसेनापति थापाले सेनाभित्र भ्रष्टाचार छानबिन हुँदैन त्यसैले अनियमितता छ भन्ने आरोप छ यसलाई सुधार गर्न आफुले कुनै कसर बाकी नराख्ने बताए ।
उनले आफ्नो सम्पती विवरण समेत सार्वजानीक गरेका छन् । सम्पति विवरणमा प्रधान सेनापतिको ५५ तोला सुन, ५९० तोला चाँदी र १० लाख बराबरको हार रहेको उल्लेख छ। त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको खातामा २३ लाख नगद, ग्लोबल आइएमइ बैंकको खातामा ४२ हजार र उनको श्रीमतीको नाममा ५० हजार नगद रहेको उल्लेख छ । श्रीमती र छोरीको नाममा ४३ लाख बराबरको सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ।
यसका साथै उनको काठमाडौं, नवलपरासी, लमजुङमा जग्गा समेत रहेको छ।
सेना राष्ट्रिय सुरक्षा हेर्ने संवेदनशील संगठन भएता पनि आफूले पारदर्शीताको लागि सम्पत्ति विवरण सार्वजनिक गरेको उनले बताए।
नेपाली सेनामा गरिएको सर्वेक्षणबाट आफूले गरेको काम ७० प्रतिशत भन्दा बढी सफल भएको उनको दाबी छ ।