logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओली मुटुको जाँच गराउन शिक्षण अस्पतालमा


अंकुरण खबर
1.235K
Shares

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षण गर्न महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल गएका छन् ।

प्रधानमन्त्री ओली मुटको जाँचका लागि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका हुन् । ओलीले गत वर्ष पनि त्यहाँ मुटुको उपचार गराएका थिए । त्यसैको फलोअपका लागि आज उनी त्यहाँ पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।