काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षण अस्पतालमा स्वास्थ्य जाँच गराएका छन् । बुधबार बिहान उनले शिक्षण अस्पतालमा मुटु, मिर्गौला लगाएतको स्वास्थ्य जाँच गराएका हुन् ।
स्वास्थ्य जाँचका क्रममा सिंगापुरमा मिर्गौलाको प्लाज्मा फेरेसिस गर्दा शरीरमा राखिएको पाइप झिकिएको उनका निजी चिकित्सक तथा मुटुरोग विशेषज्ञ डा. अरुण सायमीले जानकारी दिए ।
उनले प्रधानमन्त्रीको स्वास्थ्यमा अव कुनै समस्या नरहेको बताए । यसअघि प्रधानमन्त्री ओलीले सिंगापुरमा १० दिनसम्म मिर्गौलाको उपचार गराएमा थिए ।