काठमाडौं – आफ्नै घरको बिजुलीको तारबाट करेन्ट प्रवाह भई घाइते पर्साका एक बालकको मृत्यु भएको छ । जिल्लाको धोविनी गाउँपालिका-२ का धरिचन वैठाका ५ वर्षीय छोरा मिन्टु वैठाको बुधबार बिहान घरमै करेन्ट लागेर मृत्यु भएको हो ।
बिजुलीको तारबाट करेन्ट लागि घाइते भएका बालकको उपचारको लागि पोखरिया अस्पतालमा लगिए पनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि वीरगन्जको नारायणी अस्पतालमा ल्याइदै थियो ।
सोही क्रममा बाटोमा नै उनको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ । बालकको शव पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ ।