काठमाडौं – मुलुकभर बिहीबारको मौसम सामान्य देखि आंशिक बदली रही केही स्थानहरुमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशभरी बदली हुने र केही स्थानहरुमा मेघ गर्जन–चट्टयाङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
देशका पहाडी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।