logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विप्लवका छोरा प्रकाशसहित पक्राउ परेका १७ जना रिहा


अंकुरण खबर
949
Shares

काठमाडौं – सरकारद्वारा प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्दसहित पक्राउ परेका १७ जनालाई प्रहरीले रिहा गरेको छ ।

चितवन मेडिकल कलेजमा नाराबाजी गर्ने क्रममा बुधबार पक्राउ परेका उनीहरुलाई बिहीबार बिहान रिहा गरिएको चितवनका एसपी दानबहादुर मल्लले जानकारी दिए । उनीहरु सबैलाई कलेजका सञ्चालक र आफन्तको रोहोबरमा हिरासतमुक्त गरिएको एसपी मल्लले बताए ।

अस्पतालको सेवा प्रवाहमा अवरोध खडा गर्न खोजेपछि उनीहरु बुधवार पक्राउ परेका थिए ।