logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपति भण्डारीले प्रतिनिधिसभमा फिर्ता पठाएको राहदानी विधेयक पुनः संघीय संसदमा पेश गरिँदै


अंकुरण खबर
1.443K
Shares

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभमा फिर्ता पठाएको विधेयक पुनः संघीय संसदको प्रतिनिधिसभामा पेश हुने भएको छ ।

प्रमाणिकरणका लागि आफूकहाँ पुगेको ‘राहदानी विधेयक, २०७५’ लाई राष्ट्रपति भण्डारीले सन्देशसहित गत जेठ २६ गते फिर्ता पठाएकी थिइन् । राहदानी विधेयकलाई प्रतिनिधिसभाको बिहीबारको बैठकमा पेश गरिने भएको छ ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उक्त विधेयक पेश गर्ने र त्यसलगत्तै पारित गरियोस् भनेर प्रस्ताव गर्ने संसद सचिवालयले जानकारी दिएको छ । राहदानी विधेयकका विवाद समाधान नभइकनै र राष्ट्रियसभाले संशोधन गरेका विषय समावेश नगरी उक्त विधेयकलाई प्रमाणिकरका लागि सभामुख कृष्णबहादुर महराले गत वैशाख २५ गते राष्ट्रपतिकहाँ पठाएका थिए । उक्त विधेयकमा केही विषय विवादित रहेका र राष्ट्रियसभाले गरेका काम संलग्न नगरिएको भन्दै सार्वजनिक रूपमा र संसदमा बहस भएको थियो ।

त्यसपछि राष्ट्रिपतिले विधेयकलाई लिएर विभिन्न व्यक्तिसँग परामर्श गरेकी थिइन् । राष्ट्रपतिले राष्ट्रियसभा सदस्यद्वय रामनारायण बिडारी र राधेश्याम अधिकारीसँग परामर्श गरेपछि विधेयक फिर्ता गरिदिएकी थिइन् । यसरी फिर्ता भएको विधेयक पुनः प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएर राष्ट्रपतिकहाँ जाने व्यवस्था छ ।

प्रतिनिधिसभाको सम्भावित कार्यसूचीः