रुकुम – रुकुम पश्चिम पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका– १० चुनको दलित नमुना बस्तीका दुई बालिकाको बुधबार स्कुलबाट फर्कदै गर्दा पहिरोमा पुरिएर मृत्यु भएको हो ।
स्थानीय मालिका माध्यमिक बिद्यालय चुनमा कक्षा ४ मा पढ्ने साबित्रा बिक र दिलमाया बिकको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।