काठमाडौं – नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मूल्य तोलामा ७० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाला सुनको मूल्य तोलामा ७१ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य तोलामा ७० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य तोलामा आठ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।