काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।
उपनिर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगको सूचना अनुसार उपनिर्वाचनलाई दल दर्ताको निवेदन बिहीबार आयोगमा बुझाइएको नेकपाका स्थायी समिति सदस्य प्रदीप ज्ञवालीले जानकारी दिए ।
बुधबार बसेको सचिवालय बैठकले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिने निर्णय गरेको थियो ।