logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बसभित्रै बलात्कार प्रयास, चालक र सहचालक पक्राउ


अंकुरण खबर
1.04K
Shares

काठमाडौं – विराटनगर  मोरङमा १५ वर्षीया किशोरीमाथी बसभित्रै बलात्कार  प्रयास गरिएको छ । बलात्कार गर्न खोजेको आरोपमा चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नैमा ना ६ ख ९३४४ नम्बरको यात्रु बसका चालक मोरङको रंगेली नगरपालिका–३ का ३७ वर्षीय किरण खड्का र सहचालक उर्लाबारी नगरपालिका–४ का १९ वर्षीय सन्तोष न्यौपाने रहेका छन् ।

धनकुटा घर भई दमक नगरपालिका निवासी आफन्तकहाँ बस्दै आएकी १५ वर्षीय बालिकालाई गत २२ गते उनीहरुले बसभित्रै बलात्कार गर्न खोजेका थिए । पीडित बालिकाले प्रतिकार गरी चिच्याएपछि स्थानीयवासीले प्रहरीलाई सूचना दिएका थिए ।

उक्त सुचनापश्चात प्रहरीले  उनिहरुलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।