logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज पनि घट्यो नेप्से सुचक


अंकुरण खबर
1.768K
Shares

काठमाडौं – साताको अन्तिम दिन बिहीबार सेयर बजार परिसुचक नेप्सेमा गिरावट आएको छ ।

बुधबार ३ अंकले घटेको सुचक बिहीबार ५ दशमलव ३३ अंकले घटेर १ हजार १ सय ५७ दशमलव ८८ को बिन्दुमा बजार बन्द भएको छ ।

सुचक घटेपनि आज कारोबार रकममा भने केही सुधार देखिएको छ । बिहीबार १६८ कम्पनीको ३७ करोड ६१ लाख ८४ हजार ४ सय ९१ रुपैयाँको १५ लाख ५६ हजार ७ सय ९० कित्ता सेयर किनबेच भएको छ ।

यसअघि बुधबार १७१ कम्पनीको ३४ करोड १७ लाख ४५ हजार १३६ रुपैयाँको १५ लाख ३ हजार ९२८ कित्ता सेयर किनबेच भएको थियो ।