logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मध्यरातमा नगर प्रवक्ताको गाडीमा आगजनी


अंकुरण खबर
897
Shares

काठमाडौं – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ता जगतबहादुर सिंहको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ ।

शुक्लाफाँटा नगरपालिका–७ का वडाध्यक्षसमेत रहेका सिंहको बा २१ च ८५०७ नम्बरको कारमा आगजनी भएको हो । शुक्लाफाँटा नगरपालिका–५ वनसमितिस्थित डेरामा पार्किङ गरी राखिएको अवस्थामा गए राति करीब १ः०० बजेको समयमा आगजनी गरिएको प्रवक्ता सिंहले बताए ।

घटनाको गहन रूपमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । मध्यरातमा आएर आगो लगाएर फरार रहेकोले आगजनी गर्ने समूहको व्यापक खोजी भइरहेका प्रहरीले जनाएको छ ।