logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रौतहटमा माछा मार्न गएका तीन बालिकाको डुबेर मृत्यु


अंकुरण खबर
1.248K
Shares

काठमाडौं – रौतहटको ईशनाथ नगरपालिका– १ बन्जाराका तीन बालिकाको हिजो साँझ डुबेर मृत्यु भएको छ ।

माछा मार्न गएका ७ वर्षिया सरिताकुमारी साह, १० वर्षिया किन्जलकुमारी यादव र ६ वर्षिया गुुञ्जनकुमारी यादवको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बन्जाराले जनाएको छ ।

गाउँका बालबालिकाहरु नजिकको खेतको खाडलमा जमेको पानीमा माछा मार्न गएको बेला यो घट्ना भएको हो ।