logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सांस्कृतिक पर्वलाई पर्यटनसँग जोड्नुपर्छ : प्रधानमन्त्री ओली


अंकुरण खबर
1.092K
Shares

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न सांस्कृतिक पर्वलाई पर्यटनसँग जोड्नुपर्ने बताएका छन् ।

इन्द्रजात्राको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले नेपाल यति बेला आर्थिक, सामाजिक रुपान्तरण गर्दै समृद्ध नेपाल निर्माण गर्ने अभियानमा रहेको बताएका हुन् । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सांस्कृतिक महत्वका पर्वहरूलाई पर्यटन प्रवद्र्धनसँग जोड्नु आवश्यक रहेको उनको भनाइ छ ।

प्राचीन महत्वका मौलिक विशेषता भएका यस्ता पर्वहरू बाह्य पर्यटकलाई आकर्षण गर्ने कडी बन्न सक्ने उनले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ । उनले नेपाल बहुभाषा, बहुधर्म र बहुसंस्कृतिको देश भएको सन्देशमा उल्लेख गरेका छन् ।

एक अर्काको समुदायका संस्कृतिलाई हामीले साझा सामाजिक–सांस्कृतिक निधि मान्दै आएको भन्दै प्रधानमन्त्री ओलीले सांस्कृतिक विशेषताका कारण सम्पूर्ण नेपाली एकताको सूत्रमा बाँधिएको बताएका छन् ।