logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रोल्पाको थबाङमा पहिरो : ६ जना पुरिए,२ जनाको शव निकालियो


अंकुरण खबर
1.17K
Shares

रोल्पाको थबाङमा पहिरोले ६ जनालाई पुरेको छ । थबाङ २ छेर्लबाङमा बिहीबार मध्यरातमा आएको पहिरोले घर पुर्दा सोही घरमा बस्ने ६ जना पुरिएका हुन् । पहिरोमा पुरिएका २८ वर्षीय शीरकुमारी बुढा र उनका ४ वर्षीय छोरा असलको शव प्रहरी र स्थानीय बासीले शुक्रबार बिहान निकालेका छन् ।

गाउँलेका अनुसार सुतेकै अवस्थामा पहिरोले च्यापिएर मृत अवस्थामा उनीहरू फेला परेका हुन्। त्यस्तै पहिरोमा पुरिएर ३६ वर्षीय जय बुढा, उनकी पत्नी ४० वर्षीय मुलज्योती बुढा, १० वर्षकी छोरी गृष्मा र डेढ वर्षीय छोरी बेपत्ता भएका छन् । उनीहरुलाई पुरिएको स्थानबाट झिक्ने काम भैरहेको प्रहरीले जनाएको छ ।

पहिरोमा परि घरमा रहेका चौपाया पनि पुरिएका छन् ।