काठमाडौंको बालाजु /गोलढुंगामा गोली चलेको छ ।
गुण्डा नाइकेको आरोप लगाइएका साजन गुरुङलाई पक्राउ गर्ने क्रममा गोली चलाएको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ । गोली लागेका गुरुङको ट्रमा सेन्टरमा उपचार हुदैछ । सूचनाको आधारमा पुगेको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीसँग जम्काभेट भएपछि प्रहरीले फायर गरेको जनाइएको छ।