नेपाली कांग्रेसले बाँकेमा जागरण अभियानका क्रममा आफ्ना नेता कार्यकर्तामाथि भएको आक्रमणमा संलग्नलाई कारबाहीको माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाएको छ ।
शनिवार सिंहदरबारमा कांग्रेस काठमाडौं, भक्तपुर र ललितपुरका सभापतिहरुले संयुक्त रुपमा गृहमन्त्री रामबहादुर थापालाई भेटेर ज्ञापन पत्र बुझाएका हुन् ।
विज्ञप्तिमा कांग्रेसले दोषीलाई कडा कारबाही गर्न माग गरिएको छ । पार्टीका दर्जनौं कार्यकर्तामाथि सुनियोजित एवं सांघातिक हमला भएको भन्दै दोषीलाई कारबाही नगरिए थप आन्दोलन गर्ने चेतवानी पनि दिएको छ ।
‘जागरण अभियानको कार्यक्रमलाई बिथोल्ने वद्नियतका साथ सुनियोजित रुपमा कांग्रेसका नेता एवं कार्यकर्ताहरुलाई आक्रमण गर्ने अपराधीहरुलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरकारलाई सचेत गराउँदछौं ।
उक्त घटनाको विरोधमा उपत्यकाका तीन जिल्ला सभापतिहरुको नेतृत्वमा आजै अपरान्ह ३ बजे माइतीघर मण्डलामा धर्ना दिने कार्यक्रम छ ।