logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गाउँपालिकाको गाडीमा आगजनी


अंकुरण खबर
884
Shares

काठमाडौं – सल्यानको शिद्ध कुमाख गाउँपालिकाको गाडीमा शनिबार राति आगजनी भएको छ ।

गाडीमा आगजनी गर्ने पक्षको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । गाउँपालिकाको आफ्नै कार्यालय अगाडि पार्किङ गरेर राखेको अवस्थामा राति साढे ११ बजे आगजनी भएको प्रहरीले जनाएको छ ।

टाटा कम्पनीको रा १ झ १०७० नम्बरको डबलक्याप स्कारपियो गाडी ३७ लाख ३० हजार मूल्यमा खरिद गरेको गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चलाउनेले जानकारी दिए । उनले यस अघि आफूलाइ काँही कतैबाट धम्की  नआएकाले कुन पक्षले गाडीमा आगजनी गरेको भनेर पहिचान गर्न नसकिएको बताए ।

गाडी पूर्ण रुपमा क्षति भए पनि अन्य कुनैमा क्षति भएको छैन् । जिल्लाबाट प्रहरी टोली घटना स्थल पुगेको र घटनाबारे अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।