logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको भाउमा लगातार गिरावट, आज कतिमा आइपुग्यो ?


अंकुरण खबर
1.326K
Shares

काठमाडौं – साताको पहिलो दिन आइतबार पनि सुनको मुल्यमा गिरावट आएको छ । नेपाली बजारमा आज सुनको मूल्य चार सय रुपैयाँले घटेको हो ।

आज छापावाल सुन तोलामा ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजाबी सुन तोलामा ६९ हजार नौ सय रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको मूल्य तोलामा आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।