logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डडेल्धुरामा ‘ओली’ ‘प्रचण्ड’को पुतला दहन


अंकुरण खबर
1.053K
Shares

काठमाडौं –  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ ।

आइतबार कांग्रेसले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्दै उनको पुतला दहन गरेको छ। जिल्ला सदरमुकामको भीमदत्त चोकको बीच सडकमा प्रधानमन्त्री ओलीसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को समेत पुतला दहन गरिएको हो ।

जागरण अभियानका क्रममा बाँकेमा जिल्ला सभापति किरण कोइरालालगायतका कांग्रेस कार्यकर्तामाथि भएको आक्रामणको विरोधमा कांग्रेसले ओली र प्रचण्डको पुतला दहन गरिएको कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले जानकारी दिए ।

कांग्रेसले बाँके घटनाका दोषीलाई कडाभन्दा कडा कारवाही गनुपर्ने माग गरेको छ। कांग्रेसले सभा भइरहेको ठाउँमा चोरेर आक्रमण गर्नुभन्दा स्थान तय गरेर आफूहरु नेकपासँग लड्न तयार रहेको समेत चेतावनी दिएको छ।