logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोटरसाइकलको ठक्करले पैदल यात्रीको मृत्यु


अंकुरण खबर
1.547K
Shares

काठमाडौं – बागमती नगरपालिका सोल्टीबजार मोटरसाइकलको ठक्करबाट पैदलयात्री एक व्यक्तिको मृत्यु भएको छ ।

शनिबार राति सोल्टी बजारमा नाच हेर्न आउँदै गरेका बागमती–४ जिरायत माझीटोलका स्थानीय ५० वर्षीय इन्द्रबहादुर कुश्वारलाई बा ३१ प ६८०२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका हुन् । घाइते कुश्वारको बरहथवास्थित संजीवनी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । चालक फरार रहेकाले खोजी भैरहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ।