logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

बंगालको खाडीबाट आएको हावाले मौसम बदली, दिनभर कता कस्तो रहला ?


अंकुरण खबर
1.001K
Shares

काठमाडौं – बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावाका कारण हाल देशभर मनसुनी गतिविधि केही सक्रिय अवस्थामा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली भई पश्चिम र मध्यपश्चिमका केहि जिल्लाका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

सोमबार दिनभर देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदको भनाई छ । पहाडी भेगका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

यस्तै राति देशभरि सामान्य बदली रही मध्य क्षेत्रका धेरै तथा पूर्व र पश्चिमका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । थोरै स्थानमा ठूलो पानी पर्न सक्ने मौसमविदले बताएका छन् ।