विश्व बजारमा इन्धनको मूल्य पछिल्लो चार महिना यताकै उच्च भएको छ । साउदी अरेबियाले तेल तथा ग्यासको उत्पादनमा कटौती गरेपछि इन्धनको मूल्य बढेको हो ।
सरकारी स्वामित्वको तेल कम्पनी अरामकोका दुई ठूलो तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएपछि साउदी अरेबियाले तेल तथा ग्यासको उत्पादनमा झण्डै आधा कटौती गरेको थियो ।
कटौतीसँगै विश्व बजारमा आपूर्ति हुने पाँच प्रतिशत तेल कमी भएपछि त्यसको असर मूल्यमा परेको हो । उत्पादन कटौतीसँगै ‘ब्रेन्ट क्रुड‘ इन्धनको मूल्य पन्ध्र प्रतिशतले बढेर प्रति ब्यारेल ७१ दशमलब ९५ अमेरिकी डलर पुगेको छ ।
यस्तै ‘वेष्ट टेक्सास इन्टरमिडियट’मा १५ प्रतिशतले बढेर ६३ दशमबल ३४ अमेरिकी डलर पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा रहेको मौज्दात इन्धन निकासीका लागि स्वीकृति दिएकाले मुूल्य केही कम हुने संकेत देखिएको छ । ड्रोल आक्रमण भएको साउदी अरेबियाका तेल प्रशोधन केन्द्र पूर्ण क्षमतामा सञ्चालनमा आउन केही हप्ता लाग्ने बताइएको छ ।