logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ज्ञानेन्द्र शाही पुनः प्रहरी हिरासतमा


अंकुरण खबर
2.86K
Shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई विमानभित्र दुर्व्यवहार अभियोगमा ज्ञानेन्द्र शाहीलाई प्रहरीले हिरासतमा राखेको छ । शाहीलाई आइतवार साँझ ललितपुर प्रहरीले पक्राउ गरी हिरासतमा राखेको हो ।

यसअघि नेपालगञ्ज विमानस्थलमा मन्त्री भट्टराईमाथि दुर्व्यवहारबारे जानकारी दिन पुल्चोकमा भएको पत्रकार सम्मेलनमा शाहीमाथि हातपात भएपछि सुरक्षाको कारण देखाउँदै प्रहरीले नियन्त्रणमा लिएको थियो । एकछिन नियन्त्रणमा लिएर छोडेको प्रहरीले हिजो राति फेरि समातेर हिरासतमा राखेको हो । उनलाई अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धान गर्नुपर्ने भएकाले हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनलाई पक्राउ पूर्जी जारी गरेर हिरासतमा राखिएको हो । शाहीलगायतकाले शनिबार मन्त्री भट्टराईका कारण नेपालगञ्ज विमानस्थलबाट विमान उड्न ढिलो भएको भन्दै विमानभित्रै अभद्र व्यवहार गरेका थिए ।