नेपाल सरकारले उत्तर कोरियालाई लगानी फिर्ता लैजान निर्देशन दिएको छ।
संयुक्त राष्ट्र सङ्घ (युएन) ले आफ्ना सदस्य राष्ट्रलाई उत्तर कोरियाको लगानी फिर्ता गर्न निर्देशन दिएपछि नेपाल सरकारले उत्तर कोरियालाई नेपालमा गरेको लगानी फिर्ता अक्टुबर सम्मको समय दिएको छ।
उत्तर कोरियाले नेपालमा ९ वटा उद्योगमा लगानी गरेको छ। ती उद्योग सफ्टवेयर निर्माण, होटल, रेष्टुरेन्ट र अस्पतालसँग सम्वन्धित छन्।
प्रत्येक उद्योगमा करिब ५ देखि ७ लाख पुँजी रहेको रहेको छ। उत्तर कोरियाली नागरिकका लागि नेपालमा लगानीको बाटो बन्द भएको छ। अब उत्तर कोरियाली नागरिकले नयाँ उद्योगका लागि निवेदन दिन पाउने छैनन् ।