logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लुक्लाबाट उडेका चारवटा हेलिकप्टर खराब मौसमका कारण आकश्मिक अवतरण


अंकुरण खबर
1.118K
Shares

काठमाडौं – सोलुखुम्बुको लुक्लाबाट काठमाडौंका लागि उडेका चार वटा हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण गरिएको छ ।

सिम्रिक एयरका २ वटा, मनाङ एयरको एउटा र कैलाश एयरको एउटा हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण गरिएको हो । मौसममा खराबी आएपछि हेलिकप्टर आकस्मिक अवतरण गरिएको हो । चारवटै हेलिकप्टर पाँचखाल नगरपालिका–२ मा धानखेतमा अवतरण भएका हुन् ।

मनाङको एउटा र सिम्रिकका २ वटा हेलिकप्टरमा ६/६ जनाका दरले १८ जना र कैलाश हेलिकप्टरमा ३ जना गरी २१ जना यात्रु सवार रहेका थिए ।