काठमाडौं – इन्द्रजात्राको अन्तिम दिन आज अपरान्ह शहरको मध्य भागमा कुमारीको रथयात्रा गरिदैछ । अपरान्ह कुमारीघर अगाडीवाट शुरु हुने रथयात्रा प्याफल, नरदेवि, किलागल, भेडासिंह, इन्द्रचोक, मख्खन हुँदै हनुमानढोका हुँदै पुन कुमारीघर पुगेर समापन हुन्छ ।
आजै राष्ट्रप्रमुखका रुपमा राष्ट्रपति विद्या भण्डारीका साथै संबैधानिक निकायका प्रमुखहरु समेत बसन्तपुर पुगेर कुमारीको हातवाट टिका लगाउने चलन छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठडयाएपछि इन्द्रजात्रा शुरु हुने गर्दछ ।
लिंगो बुधबार विहान पाँच बजेर पैतिस मिनेटको साइतमा ढालेर वाग्मतीमा सेलाएपछि जात्रा सकिन्छ । इन्द्रजात्राका अबसरमा आठ दिन विभिन्न देवी देवतासंग सम्बन्धित नाचका साथै कुमारी, भैरव र गणेशको रथयात्रा गरिन्छ ।