logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लमजुङ केन्द्रबिन्दु भएर भूकम्प गयो


अंकुरण खबर
1.456K
Shares

काठमाडौं – लमजुङ केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ९ बजेर ५३ मिनेट जाँदा लमजुङ केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो ।

केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले दोर्दी गाउँपालिका–४ नौथर केन्द्रबिन्दु भएर भूकम्प गएको जानकारी दिए । भूकम्पको धक्का लमजुङ, तनहुँ, कास्की, गोरखा र धादिङमा महसुस गरिएको छ ।

यसअघि आइतबार र सोमबार सुदूर तथा मध्यपश्मिका जिल्लामा भूकम्प गएको थियो ।