logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवनमा म्याजिक भ्यान पल्टिँदा एकको मृत्यु, तीन घाइते


अंकुरण खबर
754
Shares

काठमाडौं – भरतपुर महानगरपालिका–१ आँपटारी नजिक पानी ट्याङ्की ओरालोमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

आज बिहान भएको सवारी दुर्घटनामा माडी नगरपालिका–४ शीतलपुर बस्ने २२ वर्षीया निशा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

रामनगरबाट आँपटारीतर्फ आउँदै गरेको ना १ ज ५२९९ नम्बरको सो म्याजिक भ्यान आफैँ अनियन्त्रित भई पल्टिँएको हो । म्याजिक पल्टिँदा त्यसमा सवार चार जना घाइते भएका हुन्  घाइतेमध्ये नेपालीको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । अन्य तीन जना सामान्य घाइते भएका छन् । म्याजिक र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।