logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भिरबाट लडेर गुल्मीमा २ जनाको मृत्यु


अंकुरण खबर
936
Shares

गुल्मी – गुल्मीमा छुट्टाछुट्टै स्थानमा भिरबाट लडेर २ जनाको ज्यान गएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका –१ को थाममा ४३ वर्षीय वीरहादुर केसी र मदाने गाउँपालिका–५ मलागिरीका नरे सार्कीको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सोमबार बेलुका घरबाट पसलमा सामान किन्न गएका विर वहादुर राती अवेरसम्म पनि घर नफर्केपछि घर परिवारले खोज्दै जाने क्रममा उनलाई मंगलबार बिहान भिरबाट लडेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै, घाँस काट्न गएको बेला भिरबाट लडेर नरे सार्कीको ज्यान गएको प्रहरीले जनाएको छ ।