दसैं र तिहारलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले असोज१० देखि नयाँ नोट वितरण गर्ने भएको छ । नयाँ नोट वितरणका लागि आन्तरिक तयारी पूरा भइसकेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले भने असोज पहिलो सातादेखि नै नयाँ नोट पाउने छन् । तर, तिनै संस्थाबाट सर्वसाधारणले १० असोजदेखि नयाँ नोट साट्न सक्ने राष्ट्र बैंकले जनाएको छ । ।
यो वर्ष ५, १०, २०, ५०, १००, ५०० र हजार दरका १३ अर्ब रुपैयाँभन्दा केही बढी नयाँ र सुकिला नोट वितरण गर्ने राष्ट्र बैंकको योजना छ ।
गत वर्ष राष्ट्र बैंकले करिब १३ अर्ब रुपैयाँबराबर नोट बाँडेको थियो ।