संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिका–८ मा पर्ने अक्करको भिरबाट को१ज ३७४९ नंको जिप अरुण नदीमा खस्दा कम्तीमा छ जना बेपत्ता भएका छन् ।
खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ जाँदै गरेको को १ ज ३७४९ नम्बरको जिप मंगलबार राति १० बजे अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका थिए। बेपत्ता हुनेमा चालक खाँदबारी नगरपालिका–९ सन्तोष बिक, खाँदबारी–९ का संगम श्रेष्ठ , सदीक्ष श्रेष्ठ, दुई मिहने बालक समीर श्रेष्ठ ,प्रमेश थापा मगर र खोटाङका खबरमान पिठाकोटे मगर रहेका छन्। बेपत्ता हुने एकै परिवारका तीन जना रहेकाम छन् ।
जिपले दुई जना बिरामी बोकेको थियो । जिप अरुणमा खसेपछि खाँदबारीबाट राति नै प्रहरीको टोली परिचालन गरिएको थियो । केही दिनदेखिको वर्षाले अरुण नदीमा जिप पुरै डुबेकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ ।