logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजबाट ज्येष्ठ नागरिकले नेपाल एयरलाइन्स प्रयोग गर्दा भाडामा ५० प्रतिशत छुट पाउने


अंकुरण खबर
3.38K
Shares

काठमाडौं– नेपाल एयरलाइन्सले ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

छुट बुधबारबाटै कार्यान्वयनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय सार्वजनिक गरेका थिए । निगमले दशैंका लागि अग्रिम बुकिङसमेत खुलाएको छ ।