logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अब एनआईसी एसिया बैंकको एटीएम कार्ड अरु बैंकको एटीएम मेशिनमा पनि चल्ने


अंकुरण खबर
1.001K
Shares

काठमाडौं – एनआईसी एसिया बैंकको एटीएम कार्ड अब अरु बैंकको एटीएम मेशिनमा पनि चल्ने भएको छ ।

गएको भदौ १८ गतेदेदेखि बैंकका डेबिट र क्रेडिट कार्ड अरु बैंक तथा वित्तीय संस्थाका एटीएम मेशिनमा नचल्ने भएकोमा बुधबारदेखि भने चल्ने भएको हो ।

भिसा नेटर्वकमा आवद्ध भएका अरु बैंक तथा बित्तीय संस्थाका एटीएम मेशिनमा बुधबारदेखि डेबिट, क्रेडिट तथा प्रिपेड कार्डहरु चल्ने बैंकले जनाएको छ ।

एनआईसी एसिया बैंकले देशभर २९८ शाखा कार्यालयहरु, ३५७ एटिएम, ६९ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ  ।