logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चाडपर्वमा बिगमार्टको अफरै अफर, छठपर्वसम्म २ सय सामानमा छुट


अंकुरण खबर
1.69K
Shares

काठमाडौं– विगमार्टले चाडपर्व लक्षित अफर सार्वजनिक गरेको छ । दशैं, तिहार तथा छठपर्वको अवसर पारेर विगमार्टले आफ्नो ब्राण्डको सामान खरिदमा छुट अफर ल्याएको हो । विगमार्टले मंगलवार एक विज्ञप्ति सार्वजनिक गर्दै आफ्ना करिब २ सय वस्तुमा छुटको व्यवस्था गरेको जानकारी दिएको हो ।

विगमार्टले मूख्य आकर्षण अन्तरगत सनफ्लावर तेल देखि जिरा मसिनो चामलसम्मका खाद्यान्नमा छुट अफर गरेको छ । जस अनुसार अम्रित सन फ्लावर तेल प्रतिलिटर ५ रुपैयाँ छुट, मुसुरो दालमा प्रतिकेजी १५ रुपैयाँ छुट, चिउरा प्रतिकेजी १० रुपैयाँ, रातो चना प्रतिकेजी ६ रुपैयाँ, डिडिसी घिउ प्रतिकेजी ५० रुपैयाँ, धाँ तेल प्रतिलटिर १८ रुपैयाँ र चिनी प्रतिकेजी ७ रुपैयँका दरले छुट दिएको विगमार्टले जानकारी दिएको हो । विगमार्टका अनुसार जिरामसिनो चामलमा प्रतिबोरा १ सय २६ रुपैयाँ छुट गरिएको विगमार्टले जानकारी दिएको छ ।

विगमार्टले आफ्ना ३७ वटै शाखामा चाडपर्व लक्षित छुटको अफर गरिएको जानकारी दिएको हो । यसअघि पनि नौ वर्ष अघि यस्तै अफर लिएर बजारमा गएको र विगमार्टले उपभोक्ताको मन जित्न सफल भएकाले यस वर्षपनि उपभोक्ता सामु छुट अफर ल्याएको विगमार्टको भनाई छ । सरकारले समेत नीजि क्षेत्रलाई सुपथ मूल्य पसल सञ्चालनका लागि आह्वान गरेकोले चाडपर्वमा छुटसहीत बजारमा आउन सजिलो भएको विगमार्टका आर्थिक प्रशासन प्रमुख विवेक देवले बताए ।

यसअघि सन् २००९मा काठमाडौंको कमल पोखरीस्थित सिटी सेन्टरमा पहिलो बिगमार्ट स्टोर सञ्चालनमा ल्याइएको थियो । त्यसपछि बिग मार्टले आफ्नो सञ्जाल विस्तार गर्दै गएको छ । हाल विगमार्टका ३७ वटा शाखा रहेका छन् ।

यो सुपर स्टोरले बजारको मूल्यमा नै तरकारी र फलफूल उपलब्ध गराउँदै आएको छ । यसका साथै हरेक दिन बेलुका तरकारीहरुमा विशेष छुटको व्यवस्था समेत गरेको छ । घरायसी प्रयोजनका लागि प्रयोग हुने खाद्य सामग्रीहरु, सरसफाइका सामग्री तथा पेय पदार्थ लगायतका सामानमा विशेष छुट दिइएको विगमार्टको भनाई छ ।

यसैबीच विगमार्टले आगामी ३ असोज देखि आफ्नो नयाँ शाखा ललितपुरको हरिसिछिमा सञ्चालनमा ल्याउने भएको छ । बिगमार्ट सुपरमार्केटले अबको दुई वर्षमा ६० वटा स्टोर सञ्चालनमा ल्याउने लक्ष्य बनाएको छ ।