चितवन – नारायणी नदिमा हाम फालेर एक युवक वेपत्ता भएका छन् । आज विहान नारायणी नदिको पुलबाट युवकले हाम फालेका हुन् ।
भरतपुर महानगरपालिका ११ मालपोत चोकका २५ बर्षिय उदार पौडेलले नारायणी नदिको पुलबाट हाम फालेर वेपत्ता भएका हुन् । वेपत्ता पौडेलको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।