काठमाडौं- भरतपुर महानगरपालिका–२९ जुगेडीबजार नजिक सवारी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
आज बिहान पौने ६ बजेतिर धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ९४११ नम्बरको बसलाई नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ६६४७ नंको बसले पछाडिबाट ठक्कर दिँदा सोही बसमा सवार १२ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उक्त बसमा २९ यात्रु सवार रहेका थिए । नेपालगञ्जको बसमा सवार यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ । घाइते यात्रुहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।