logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अविरल वर्षाका कारण नेपालगञ्ज डुबानमा


अंकुरण खबर
1.313K
Shares

नेपालगञ्ज- आज बिहानै देखि परेको पानीका कारण नेपालगन्जका सेतु बिक चोक, घरबारी टोल, सलयानीबाग डुबानमा परेका छन् ।

नेपालगन्जको सेतु चौक वरपर डुवानमा परेका कारण छेउछाउका पसलहरु खुल्न सकेका छैनन् । करिब १ घण्टाको भारी वर्षाले सेतु विक चौक वरपरको भागमा डुवान परेको हो ।

हरेक वर्ष डुवानमा पर्ने उक्त ठाउँमा डुवानमुक्त गर्ने गरी यो वर्ष सडक अग्लो बनाइए पनि ढल निकासको समस्याको कारण सो ठाउँ फेरी पनि डुवानमा परेको हो । एकै छिनको भारी वर्षाले सेतुचोक वरपर र घरवारी टोल डुवानमा परेपछि आवतजावतमा समस्या परेको छ ।