धनगढी उपमहानगरपालिकाको वडा नम्बर ८ को कार्यालयमा बुधबारराति करिब १० बजे अज्ञात समूहले आगजनी आगजनी गरेका छन् ।
मोटरसाइकलमा आएका व्यक्तिहरूले आगजनी गरेको प्रहरीले अनुमान गरेको छ। वडा अध्यक्ष कक्षको झ्यालको सिसा समेत फुटेको जनाइएको छ । वडा अध्यक्षको कक्षभित्र आगजनीबाट सामान्य क्षति भएको छ। घटनाकोबारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।