logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने


अंकुरण खबर
910
Shares

काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्को चालू अधिवेशन बिहीबार अन्त्यसँगै दिउँसो २ः३० बजे सम्बोधन गर्ने भएका छन् ।

यसअघि प्रधानमन्त्रीले गत १ भदौमा प्रतिनिधि सभामा सम्बोधन गरेका थिए। सिंगापुरमा उपचार गराएर फर्किएपछि बुधबारदेखि सार्वजनिक कार्यक्रममा सक्रिय भएका ओलीले आफ्नो उपचारको बारेमा पनि सदनलाई जानकारी गराउने छन्। चालू अधिवेशन वैशाख १६ गतेबाट सुरु भएको थियो ।

अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, बजेट पारित तथा केही महत्वपूर्ण विधेयक पारित भएका छन् । सरकारले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरे पनि औपचारिक रूपमा संसद्लाई पत्र प्राप्त भएको छैन तर संसद् सचिवालयले अधिवेशन अन्त्यको सम्पूर्ण तयारी पुरा गरेको छ।

सभामुख कृष्णबहादुर महराले अधिवेशन अन्त्यको तयारीबारे सदनमा सङ्केत गर्दै बुधबार र बिहीबार शून्य तथा विशेष समयको कार्यक्रम नहुनेबारे जानकारी दिएका छन् ।